त्यो दिन नआओस् / कविता
अचम्म लाग्छ नैतिकतालाई लात हानि बिना अर्थका लालसा डाह देखासिकी र स्वार्थलाई आलिङ्गन गरि अदुरदर्शिताको चश्मा भिरेर प्रकृतिलाई कृतृमताको जालोले झपक्कै छोपेर विकासको नाउँमा बस् बर्बरताको बिज रोपेर अझ शानसङ्ग भनिरहेछ म सर्वश्रेष्ठ छु ।। खरानी बनेका अमेजन जङ्गल कन्कृट बनेका पाखो बारिहरू ढल बनेका खोलानालाहरू धुवाँ धुलो बनेको हावा हेरि पाटेबाघ कस्तो हुन्छ खोलानाला के हुन् अर्गानिक खाना कस्तो हुन्छ भिरपाखा के हुन् भनेर पोलियो लागेको खुट्टा लिएर बैशाखी टेकि तपाईंको नातिले सोध्ने दिन नआओस् बस् ।।।।