Posts

Showing posts from May, 2020

मुक्तक / सुनिल घिमीरे

👦......मुक्तक....... दोषी गल्ती नगर्दै मर्यो र त दु:ख लाग्छ खुशी हुदाँहुदैँ आसु झर्यो र त दु:ख लाग्छ स्वर्गिय देशमा कहाली लाग्दो छ जीवन सबै भैकन पनि आश मर्यो र त दु:ख लाग्छ!!   ©सुनिल घिमिरे        बारा

मेरो जिन्दगीको यात्रा र मेरी सहयात्री / कविता

मेरो जिन्दगीको यात्रा र मेरी सहयात्री ।।।। मेरो यो जिन्दगीको लामो यात्रा त्यसको केहि क्षणको केहि पलका निम्ति तिमी आयौ सगैँ मेरो सहयात्री बनि त्यो दिन, जून दिन तिम्रो मेरो पहिलो भेट भएथ्यो न तिमीले मलाई चिन्थ्यौ न त मैलै तिमीलाई तै पनि तिमीले आफू सँगै बस्ने अनुमती मलाई दियौ। आफ्नो आसपासमा मलाई ठाउँ दियौ त्यस पलमा न तिमी बाट केही प्रतिक्रिया आयो न त म बाट, हामी दुबै एक अर्कासंग अन्जान तै पनि हामी पुरानो चिन्जान झै एक अर्काको सहयात्री भएका थियौ। हुन त तिमीले मलाई पहिलो पटक भेटेकी थियौ मैले पनि तिमीलाई पहिलो पटक नै थाहा छ मलाई गन्तव्य पुगे पछि के हुन्छ; न तिमीले मलाई चिन्नेछौ न त मैलै तिमीलाई हामीले संगै तय गरेको यात्राको पल न त तिमीले याद राख्नेछौ न त मैले हाम्रो एक अर्काको सरिरको स्पर्ष न तिमीलाई अनुभव रहने छ, न त मलाई तै पनि हामी पुरानो सम्बन्ध झै सँगै यात्रा गरिरहेका छौ। ।। हाम्रो यात्राको केहि पलमा कैयौँ आए मोडहरु अनि कैयौँ उतारचडावहरु कहिले तिमी म तिर टासिन्थ्यौ कहिले म तिमी तिर तर तिमी र म अन्जान ।। यस्तै यस्तै तवरले हाम्रो यात्रा बित्यो हा...

गजल २

नसिकाउनुस् नाता मलाई थाहा छ को हो आफ्नो को हो पराइ थाहा छ सिग्रेट नतान्नेको मुखबाट नि धुवाँ आयो पक्कै जल्यो इर्ष्याको सलाइ थाहा छ अरुले तपाइँ भनोस् नभनोस् तर उसले गरिरहन्छ मपाईँ थाहा छ कर्तुत चर्चामा छन् परिचय नदिनुस दुनियाँलाई को हो तपाईँ थाहा छ झुटो आश नदेखाउनुस् म गरिबलाई यहाँ पैसाबिना हुँदैन भलाइ थाहा छ ।।

चिया अनि सम्बन्ध / कविता

मेेरो गहिरो निन्द्रा पछिको पहिलो स्वाद 'चिया' जसमा आमाको ममता अनि यो विहानिको सिरिरे थेग्ने न्यानो मिसाईन्छ, मैले बनाउन सिकेको पहिलो परिकार 'चिया' जसलाई एकान्तको साथि पनि अनि साथिहरुसंगको भेटको माध्यम पनि बनाइन्छ ऊनिसंगको पहिलो भेटमा सोधेको थिए के मगाउ उनले केहि नसोचि भनेकि थिइन् 'चिया' जसलाइ मुटु जोडिएकासंग पनि अनि मुटु तोडिएकासंग बसेेर पिउन सकिन्छ दुध मिसिएको होस् या फिक्का,आफ्नै स्वादसंग रमाइन्छ आफ्ना आफ्ना काममा जति व्यस्त रहेपनि परिवार बिहानिको समय चिया पिउने टेबल संगै बसेेर सजाइन्छ कसैको बोलि खल्लो ,मिठासरहित कसैको चिनि मिसाएजस्तो मिठो पाइन्छ जे जस्तो भएपनि एक अर्कामा मिल्नु ,परस्पर भाब राख्नु पानि,चियापत्ति,चिनि राम्ररी घोलिएपछि नै त चिया मन  पराइन्छ

गजल १

नागिनरुपी हेराइले डस्यौ र त घायल भएँ मुटुभित्र जहर बनि पस्यौ र त घायल भएँ मन भित्र भरेको थेँ प्रेमको हावा बेलुन जस्तै त्यै बेलुनमा तिमी आइ बस्यौ र त घायल भएँ तिम्रो यादलाइ दिलभित्र डोरि लगाइ बाँधेको थेँ उहि डोरिलाई अझै बढी कस्यौ र त घायल भएँ सिकारिको चाल चली माया जाल थापेँ मैले जालभित्र कस्तुरी झैँ फस्यौ र त घायल भएँ ।।।

मन छस् कता?? / कविता

मन छस् कता?? छस् कि छैनस्?? छस् भने पक्कै द्वन्द्वमा छस् अन्तर्मनसङको द्वन्द्व !!😕 नत्र किन आफ्नै बिरोध गर्छस् किन सहि कुरा गलत देख्छस् ?! किन दुखी भएर सु:खद नाटक मन्चनमा लाग्नुपर्छ!!🙄 मन! त बसिदे मात्रै मेरो वसमा राम्रो लाग्दैन ,उडि हिडेको..! लाग्छ,अर्काको भाडाको सामान बोकेर हिड्दै छु☹️ फलामझैँ  बोझ छातिमा छ कपासझैँ हलौँ  भएर म कसरी हासौँ ?!😥 मलाई आजाद गरिदे म मुक्त हुन चाहन्छु माग्दै छु वस्  एउटा रिहाई !! ©सुनिल घिमिरे

मेरो पहिलो माया / कविता

मेरो पहिलो माया - तिमी, हो तिमी नै हौ, जसको सहरामा म अहिले यस्तो ठाउँमा छु । हो तिमी सँग नै हो मेरो पहिलो माया बसेको। मलाई अझ सम्झना छ, तिमी र म संगै हात समाएर हिडेको कहिले मैले तिम्रो त कहिले तिमीले मेरो मलाई थाहा छ, र मलाई निकै खुसी नि लाग्छ त्यो दिन सम्झेर जुन दिन तिमीले मलाई आफ्नो बुबा आमा सँग भेटायौ हो निकै खुसी लाग्छ त्यो दिन सम्झेर तर दुःख नि लाग्छ, तिमीले भेटाए जसरी मैले भेटाउन पाइँन तिमीले त मैले भेटाउनु पूर्व नै मेरो परिवार सँग भेटिकन चिनजान गरिसकेछौ। थाहा छ मलाई, मेरो र तिम्रो प्रेम नै त्यहि चिनजानको उपज हो । आज हामी यति टाढा छौ, बाध्यताले । तिम्रो र मेरो सपना पुरा गर्न खुसी साथ जिन्दगी बिताउन मन त मेरो नि थियो सगैँ बस्ने सगैँ रमाउने। तिम्रै काखमा लुटपुटिने तिम्रा मिठा मिठा कुरा सुन्ने मेरा पनि केहि भन्ने। तर बाध्यताले टाढिएका हामी भौतिक रुपले टाढिए पनि भावनाले हामी सगैं छौँ। थाहा छ मलाई, म तिम्रो पहिलो माया हुन सकिन, तिमीले त म भन्दा पहिला नै कैयौ सगँ प्रेम गर्यौ। मलाई यो पनि थाहा छ कि अहिले पनि थुप्रै प्रेमीहरु छन् तिम्रा, तर कु...