Posts

Showing posts from February, 2025

आज फेरी त्यो आयो (poem)

आज फेरी त्यो आयो, आज फेरी त्यो आयो, गोर्खाली विर झैँ, आफ्नो ज्यानको पर्वाह नगरी, आफ्नो ज्यानलाई मृत्युको धारमा राखि, त्यसले फेरी मलाई मार्न आयो। तर सायद! तर सायद त्यसलाई पनि थाहा नहोला कि, मैले एकपटक ताली पिट्दा त्यसको स्वर्गवास हुन्छ भनेर। तै पनि त्यो विरझैं निडर भै आयो। गोर्खाली विर झैँ आज फेरी आयो। तर! तर त्यो आफ्नो ज्यानको पर्वाह नगरि आएको परहितको लागि होईन, आफ्नै स्वर्थको लागि हो। आफ्नै पेट पाल्नको लागि हो। आफ्नो पेट पाल्न अरुलाई मार्ने कस्तो ज्यानमारा हो त्यो? तर त्यस्तो ज्यानमारा भएर पनि, एक इशारामा ज्यान गुमाउने कस्तो नामर्द हो त्यो? जसको मदतले आफ्नो पेट भर्छ, उसैलाई मार्ने कस्तो पथभ्रष्ट हो त्यो? हुन त उसलाई नि के थाहा, उसले पेट भर्दा कसैको ज्यान जादैछ भनेर, ऊ एक ज्यानमारा ठहरिने छ भनेर, त्यसैले त, आज फेरी ऊ आयो, गोर्खाली विर झैँ मलाई मार्न आयो। मैले त्यसलाई फर्केर जा... भनि पठाएँ, तर त्यो नमानि फेरी आयो। सायद त्यसले मलाई आफ्नो सिकार ठानेछ, त्यसैले त ऊ फर्कि फर्कि आयो। अन्त्यमा, अन्त्यमा मैले नि जोगाउने हेतु तालि पिटिदिएँ। एउटा ज्यानलाई संसारबाट बिदा गरिदिएँ। सायद मलाई ज्यानमा...

Gajal

रक्सीको नशा त के नशा तिम्रो नशा चढेपछी। हेर्दा हेर्दै लट्ठ यो  दुनिया तिम्रो नजर परेपछी। तिम्रो सुन्दरता कसरी पोखौ सब्दमा सम्भव छैन, अप्सरा पनि सर्माउछ्न रे तिम्रो नजिक परेपछी। तिम्रो रुप म के सङ्ग दाजौ छैन कुनै त्यस्तो चिज, फुल पनि त सुक्दै जान्छ हावा ले पात झरेपछी। खोला नाला नदि सागर दाजौ कि त झर्ना सङ्ग यी पनि त सुक्दै जान्छ हिउद ले रिस गरेपछी। जुन, तारा, चन्द्रमा छ्न दाजौ भने  यिनै सङ्ग, रात सङै हराइ जान्छ बिहान ले  ठाउँ सरेपछी। सामान्य त हैनौ तिमी केही त राज छ तिम्रो रुप को, तिमी जन्मेको हुनु पर्छ पक्कै हजार परि मरेपछी। ©Rajan Nepali

मुक्तक/ राजन नेपाली

अरे यार आफ्नो को थियो, हजार सपना देखाउनेले रुवाएर छाडेका छन्। छाड छाड्नेका कुरा जो साथमा छन् उसैले आसु बोकि दुनियासामु मुस्कुराउने पारेका छन्। लाग्छ नि मलाई पनि तिम्लाई जस्तै अन्तिम सास फेरु सबै छाडि, तर के गर्नु यार, कोहि छन् जसले मेरा यि सासका लागि आफ्नै जिन्दगी मारेका छन्।

New Year Resolution

 फेरि आएछ लखर लखर, लाज पचाएर यो नयाँ वर्ष भन्ने दिन, आखिर किन? त्यसमाथी आफू परे नेपाली, के resolution राखुं यसपाली? त्यो अस्ति भर्खर नेपाली नयाँ वर्षमा राखेको यो अङ्ग्रेजी वर्षमा भएनि पुराहोस् । यस्तै गरि नेपाली र अङ्ग्रेजी नयाँ वर्षको resolution लाई relay race खेलाको पनि ६-७ वर्षै भैसकेछ। फेरि यस्तो race मा पहिलो हुने कसलाई फुर्सद छ र। केही काम गर्न पर्दा साथीभाइमा त गर्न त गर्न भने जस्तो यो resolution पनि नेपाली बाट अङ्ग्रेजी, अङ्ग्रेजी बाट नेपाली नयाँ वर्षमा हस्तान्तरण मात्र भइरहेछ, तर काम एउटा पुरा भए त मरिजाम। अब पुरा होला, अब त कसो पूरा नहोला भन्यो अन्तिममा पुर्पुरामै हात राख्नु पर्ने अवस्थाको सिर्जना भइछाड्छ। कि मैले नेपाली नयाँ वर्षको resolution लाई फेरि अङ्ग्रेजी नयाँ वर्षमा अङ्ग्रेजीमै राख्न पर्ने थियो? Translation पनि perfect हुनुपर्ने थियो कि? खैर आस गर्नु भगवानको, देर छ अन्धेर छैन भन्छन्। कि भगवान भाकै ठाउमा पुग्नु पर्ने हो कि क्या हो resolution पुरा हुन? हैन भने एउटा त पुरा हुन पर्ने होनि। पुराको कुरा छोडौ, त्यो दिशामा जादैछ भन्ने त आश पलाउनु पर्ने होनि। आफैलाइ पहिलै ...

निद्रा गजल

जति सुत्यो झन सुतम् सुतम्, कति चाहिँ निन्द्रा लाग्छ ? उठ्न पर्यो भन्यो, सुत्नलाई आरामदायी खाट छ । बहानाहरु नानाथरिका छन्, सुत्नलाई मेरा, अहिले त जाडो महिना, मौसमको पानी साथ छ । ताजापन को महसुस, किन भैरहेको छैन ? निन्द्रा पुगेन भनौँ भने, सुतेको त दिनरात छ। खै अरुको मेटाबोलिजमसंग, अपरिचित छु म, आफ्नो सरीर भने खतम, सुत्दा सुत्दा नि थाक्छ । हिडी रहेथेँ, पहाडको उकालो तिर, तर सपनीमा, झल्यास्स बिँउझिँदा, लास्टै हिडियो, अब आराम लिनु पर्यो भन्ने हालत छ।  मनमा उब्जिन्छ प्रस्‍न कहिलेकहीँ, किन यती धेरै सुत्छु ? ए छोड्दे यार, के सोच्नु, दिमाग मेरो निद्राले मात छ । गुणकेश भई निन्द्रा नियन्त्रण गर्ने चैँ ठूलै आस छ। फेरी घरि घरि लाग्छ, हैन मलाई कुम्भकर्णको आशिर्वाद छ ।