आज फेरी त्यो आयो (poem)
आज फेरी त्यो आयो, आज फेरी त्यो आयो, गोर्खाली विर झैँ, आफ्नो ज्यानको पर्वाह नगरी, आफ्नो ज्यानलाई मृत्युको धारमा राखि, त्यसले फेरी मलाई मार्न आयो। तर सायद! तर सायद त्यसलाई पनि थाहा नहोला कि, मैले एकपटक ताली पिट्दा त्यसको स्वर्गवास हुन्छ भनेर। तै पनि त्यो विरझैं निडर भै आयो। गोर्खाली विर झैँ आज फेरी आयो। तर! तर त्यो आफ्नो ज्यानको पर्वाह नगरि आएको परहितको लागि होईन, आफ्नै स्वर्थको लागि हो। आफ्नै पेट पाल्नको लागि हो। आफ्नो पेट पाल्न अरुलाई मार्ने कस्तो ज्यानमारा हो त्यो? तर त्यस्तो ज्यानमारा भएर पनि, एक इशारामा ज्यान गुमाउने कस्तो नामर्द हो त्यो? जसको मदतले आफ्नो पेट भर्छ, उसैलाई मार्ने कस्तो पथभ्रष्ट हो त्यो? हुन त उसलाई नि के थाहा, उसले पेट भर्दा कसैको ज्यान जादैछ भनेर, ऊ एक ज्यानमारा ठहरिने छ भनेर, त्यसैले त, आज फेरी ऊ आयो, गोर्खाली विर झैँ मलाई मार्न आयो। मैले त्यसलाई फर्केर जा... भनि पठाएँ, तर त्यो नमानि फेरी आयो। सायद त्यसले मलाई आफ्नो सिकार ठानेछ, त्यसैले त ऊ फर्कि फर्कि आयो। अन्त्यमा, अन्त्यमा मैले नि जोगाउने हेतु तालि पिटिदिएँ। एउटा ज्यानलाई संसारबाट बिदा गरिदिएँ। सायद मलाई ज्यानमा...