गजल २
नसिकाउनुस् नाता मलाई थाहा छ
को हो आफ्नो को हो पराइ थाहा छ
सिग्रेट नतान्नेको मुखबाट नि धुवाँ आयो
पक्कै जल्यो इर्ष्याको सलाइ थाहा छ
अरुले तपाइँ भनोस् नभनोस् तर
उसले गरिरहन्छ मपाईँ थाहा छ
कर्तुत चर्चामा छन् परिचय नदिनुस
दुनियाँलाई को हो तपाईँ थाहा छ
झुटो आश नदेखाउनुस् म गरिबलाई
यहाँ पैसाबिना हुँदैन भलाइ थाहा छ ।।
को हो आफ्नो को हो पराइ थाहा छ
सिग्रेट नतान्नेको मुखबाट नि धुवाँ आयो
पक्कै जल्यो इर्ष्याको सलाइ थाहा छ
अरुले तपाइँ भनोस् नभनोस् तर
उसले गरिरहन्छ मपाईँ थाहा छ
कर्तुत चर्चामा छन् परिचय नदिनुस
दुनियाँलाई को हो तपाईँ थाहा छ
झुटो आश नदेखाउनुस् म गरिबलाई
यहाँ पैसाबिना हुँदैन भलाइ थाहा छ ।।
Comments
Post a Comment