चिया अनि सम्बन्ध / कविता
मेेरो गहिरो निन्द्रा पछिको पहिलो स्वाद 'चिया'
जसमा आमाको ममता अनि यो विहानिको सिरिरे थेग्ने
न्यानो मिसाईन्छ,
मैले बनाउन सिकेको पहिलो परिकार 'चिया'
जसलाई एकान्तको साथि पनि अनि साथिहरुसंगको
भेटको माध्यम पनि बनाइन्छ
ऊनिसंगको पहिलो भेटमा सोधेको थिए के मगाउ
उनले केहि नसोचि भनेकि थिइन् 'चिया'
जसलाइ मुटु जोडिएकासंग पनि अनि मुटु तोडिएकासंग
बसेेर पिउन सकिन्छ
दुध मिसिएको होस् या फिक्का,आफ्नै स्वादसंग रमाइन्छ
आफ्ना आफ्ना काममा जति व्यस्त रहेपनि परिवार
बिहानिको समय चिया पिउने टेबल संगै बसेेर सजाइन्छ
कसैको बोलि खल्लो ,मिठासरहित कसैको चिनि
मिसाएजस्तो मिठो पाइन्छ
जे जस्तो भएपनि एक अर्कामा मिल्नु ,परस्पर भाब राख्नु
पानि,चियापत्ति,चिनि राम्ररी घोलिएपछि नै त चिया मन
पराइन्छ

Comments
Post a Comment