गजल १

नागिनरुपी हेराइले डस्यौ र त घायल भएँ
मुटुभित्र जहर बनि पस्यौ र त घायल भएँ

मन भित्र भरेको थेँ प्रेमको हावा बेलुन जस्तै
त्यै बेलुनमा तिमी आइ बस्यौ र त घायल भएँ

तिम्रो यादलाइ दिलभित्र डोरि लगाइ बाँधेको थेँ
उहि डोरिलाई अझै बढी कस्यौ र त घायल भएँ

सिकारिको चाल चली माया जाल थापेँ मैले
जालभित्र कस्तुरी झैँ फस्यौ र त घायल भएँ ।।।

Comments

Popular posts from this blog

मुक्तक / सुनिल घिमीरे

मेरो जिन्दगीको यात्रा र मेरी सहयात्री / कविता

मुक्तक/ राजन नेपाली