निद्रा गजल
जति सुत्यो झन सुतम् सुतम्, कति चाहिँ निन्द्रा लाग्छ ?
उठ्न पर्यो भन्यो, सुत्नलाई आरामदायी खाट छ ।
बहानाहरु नानाथरिका छन्, सुत्नलाई मेरा,
अहिले त जाडो महिना, मौसमको पानी साथ छ ।
ताजापन को महसुस, किन भैरहेको छैन ?
निन्द्रा पुगेन भनौँ भने, सुतेको त दिनरात छ।
खै अरुको मेटाबोलिजमसंग, अपरिचित छु म,
आफ्नो सरीर भने खतम, सुत्दा सुत्दा नि थाक्छ ।
हिडी रहेथेँ, पहाडको उकालो तिर, तर सपनीमा,
झल्यास्स बिँउझिँदा, लास्टै हिडियो, अब आराम लिनु पर्यो भन्ने हालत छ।
मनमा उब्जिन्छ प्रस्न कहिलेकहीँ, किन यती धेरै सुत्छु ?
ए छोड्दे यार, के सोच्नु, दिमाग मेरो निद्राले मात छ ।
गुणकेश भई निन्द्रा नियन्त्रण गर्ने चैँ ठूलै आस छ।
फेरी घरि घरि लाग्छ, हैन मलाई कुम्भकर्णको आशिर्वाद छ ।
Comments
Post a Comment