निद्रा गजल

जति सुत्यो झन सुतम् सुतम्, कति चाहिँ निन्द्रा लाग्छ ?

उठ्न पर्यो भन्यो, सुत्नलाई आरामदायी खाट छ ।


बहानाहरु नानाथरिका छन्, सुत्नलाई मेरा,

अहिले त जाडो महिना, मौसमको पानी साथ छ ।


ताजापन को महसुस, किन भैरहेको छैन ?

निन्द्रा पुगेन भनौँ भने, सुतेको त दिनरात छ।


खै अरुको मेटाबोलिजमसंग, अपरिचित छु म,

आफ्नो सरीर भने खतम, सुत्दा सुत्दा नि थाक्छ ।


हिडी रहेथेँ, पहाडको उकालो तिर, तर सपनीमा,

झल्यास्स बिँउझिँदा, लास्टै हिडियो, अब आराम लिनु पर्यो भन्ने हालत छ। 


मनमा उब्जिन्छ प्रस्‍न कहिलेकहीँ, किन यती धेरै सुत्छु ?

ए छोड्दे यार, के सोच्नु, दिमाग मेरो निद्राले मात छ ।


गुणकेश भई निन्द्रा नियन्त्रण गर्ने चैँ ठूलै आस छ।

फेरी घरि घरि लाग्छ, हैन मलाई कुम्भकर्णको आशिर्वाद छ ।

Comments

Popular posts from this blog

मुक्तक / सुनिल घिमीरे

मेरो जिन्दगीको यात्रा र मेरी सहयात्री / कविता

मुक्तक/ राजन नेपाली