Gajal

रक्सीको नशा त के नशा तिम्रो नशा चढेपछी।

हेर्दा हेर्दै लट्ठ यो  दुनिया तिम्रो नजर परेपछी।

तिम्रो सुन्दरता कसरी पोखौ सब्दमा सम्भव छैन,
अप्सरा पनि सर्माउछ्न रे तिम्रो नजिक परेपछी।

तिम्रो रुप म के सङ्ग दाजौ छैन कुनै त्यस्तो चिज,
फुल पनि त सुक्दै जान्छ हावा ले पात झरेपछी।

खोला नाला नदि सागर दाजौ कि त झर्ना सङ्ग
यी पनि त सुक्दै जान्छ हिउद ले रिस गरेपछी।

जुन, तारा, चन्द्रमा छ्न दाजौ भने  यिनै सङ्ग,
रात सङै हराइ जान्छ बिहान ले  ठाउँ सरेपछी।

सामान्य त हैनौ तिमी केही त राज छ तिम्रो रुप को,
तिमी जन्मेको हुनु पर्छ पक्कै हजार परि मरेपछी।

©Rajan Nepali

Comments

Popular posts from this blog

मुक्तक / सुनिल घिमीरे

मेरो जिन्दगीको यात्रा र मेरी सहयात्री / कविता

मुक्तक/ राजन नेपाली