New Year Resolution
फेरि आएछ लखर लखर, लाज पचाएर यो नयाँ वर्ष भन्ने दिन, आखिर किन? त्यसमाथी आफू परे नेपाली, के resolution राखुं यसपाली? त्यो अस्ति भर्खर नेपाली नयाँ वर्षमा राखेको यो अङ्ग्रेजी वर्षमा भएनि पुराहोस् । यस्तै गरि नेपाली र अङ्ग्रेजी नयाँ वर्षको resolution लाई relay race खेलाको पनि ६-७ वर्षै भैसकेछ। फेरि यस्तो race मा पहिलो हुने कसलाई फुर्सद छ र। केही काम गर्न पर्दा साथीभाइमा त गर्न त गर्न भने जस्तो यो resolution पनि नेपाली बाट अङ्ग्रेजी, अङ्ग्रेजी बाट नेपाली नयाँ वर्षमा हस्तान्तरण मात्र भइरहेछ, तर काम एउटा पुरा भए त मरिजाम। अब पुरा होला, अब त कसो पूरा नहोला भन्यो अन्तिममा पुर्पुरामै हात राख्नु पर्ने अवस्थाको सिर्जना भइछाड्छ। कि मैले नेपाली नयाँ वर्षको resolution लाई फेरि अङ्ग्रेजी नयाँ वर्षमा अङ्ग्रेजीमै राख्न पर्ने थियो? Translation पनि perfect हुनुपर्ने थियो कि? खैर आस गर्नु भगवानको, देर छ अन्धेर छैन भन्छन्। कि भगवान भाकै ठाउमा पुग्नु पर्ने हो कि क्या हो resolution पुरा हुन? हैन भने एउटा त पुरा हुन पर्ने होनि। पुराको कुरा छोडौ, त्यो दिशामा जादैछ भन्ने त आश पलाउनु पर्ने होनि। आफैलाइ पहिलै थाहा भइसक्छ, तिमी जाने सिलगुरी म जाने सिक्किम तिर हुदैछ भनेर। झट्ट जिन्दगी नामक गाडीबाट हामफाल्नु परिहाल्यो त्यस्तो थाहा पाएपछि। अब फेरि जिन्दगी नामक गाडी कुदिरहेको थियो भनौ भने "खडा हु आजभि वहि" भन्ने ताल छ, हैन कुदिरहेको थिएन भनौ भने हामफाल्दा उत्तानो परियो। अब त resolution स्वयंले नै eve मा आएर बच्चाको ज्यान बक्सिदिनुस भन्न थालिसक्यो। तेति मात्र भने त ठिकै थियो, लोद्दरे, अलछिना, पनौती समेत जोडेर सम्बोधन गर्यो। केही पनि कुरा पुरा नभएको हुनाले अब त उसकै आत्मा भड्केछ क्यारे । आफै resolution भर आफैँ resolution माग्नु पर्ने स्थिती देखापर्न लागिसक्यो भन्दै थियो। resolution पनि मबाट उसको पिछा छुटाउने रे ताकी resolution शब्दको कम्तीमै भएपनि गरिमा कायम रहिरहोस भनेर रे। resolution लाई साच्चिकै गाह्रो नै भए जस्तो छ। भन्दै थियो हेर मित्र, अस्तिको नेपाली नयाँ वर्षसम्म तिमीले गर्दा मलाई anxiety, depression मात्र थियो, अब त operation बिना काम बन्दैन होला, त्यो पनि खोपडीकै। बरु केही चाल नपायो, आनन्दै, resolution पुरा होस् कि नहोस्। थाहा छ जिन्दगीमा motivation कम छ तिम्रो, अब फेरि केही motivation दिउ भने पनि के दिउ, be patient , सब कुरा ठिक हुन्छ। यै be patientको चक्करमा तिमी त छोड, म आफै patient भैसके, अघि भनेको थिए नि anxiety, depression भनेर, हो त्यही। अझ यो त यतिकै थाहा पाको हु, जचाए भने चुर्ना, भिरीङ्गी, लुतो, आदि इत्यादि अझ दर्जनौं रोग कति थपिन्छन होला। फेरि यो धैर्य धैर्यको मन्त्र जप्दाजप्दै चोट पनि blackhole भन्दा गहिरै भैसकेछ। अनि यो चोट चै के औंलामा लागेको थियो क्या हो, शरीरको जुनै भागमा औला लगायो तेहि पलमा दुख्न सुरु हुन्छ त। एकछिन त साह्रै नरमाइलो लाग्यो सोचेर। हुन त हो, तनाव कम होस् भनेर resolution राख्यो, अरु तनाव constant भइदिन्छ plus यो resolution पुरा नभाको तनाव बेकाममा थपिन्छ। त्यसैले मैले संकल्प नलिने संकल्प लिए, यो पालिको नयाँ वर्षदेखि कुनै पनि resolution नलिने र पुराना पूरा नभएका resolution,भन्नुपर्दा सबैनै veto हान्ने। प्यारो साथी resolutionको आत्मा शान्त भएर मोक्छ्य प्राप्ति होओस। Thank you resolution दोस्त, भौतिक जिवनमा लामो समय यदि डंडीफोर बाहेक कोहि थियो भने बस् केबल तिमी नै थियौ। यादमा रहिरहनेछौ, Happy New Year, Resolution, until we see again. सम्पुर्ण resolutionबादी र non-resolutionबादीलाई पनि नयाँ वर्षको हार्दिक शुभकामना। यो नयाँ सालमा पनि उहीँ पुरानै तालको भौकाल नमच्चियोस।
© २०२५ [युवराज बस्नेत]
Comments
Post a Comment